दफा ३२
सामाजिक सुरक्षा
(१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्वतन्त्र र स्वावलम्बनपूर्वक जीवनयापन गर्न सक्ने गरी सक्षम बनाउन अपाङ्गता भएका व्यक्तिको योगदान रहने गरी वा तोकिएको अवस्थामा निशुल्क रुपमा देहाय बमोजिमका सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउनेछः–
(क) सुरक्षा तथा स्वास्थ्य सेवासहितको सामुदायिक आवास सुविधा विकास गर्न,
(ख) असहाय बालबालिका तथा परिवारबाट त्यागिएका अपाङ्गता भएका व्यक्तिको लागि आवासको व्यवस्था गर्न,
(ग) जीवन बीमा, स्वास्थ्य बीमा र दुर्घटना बीमा गराउन,
(घ) औषधि तथा आवश्यक सहायक सामग्री उपलब्ध गराउन,
(ङ) तोकिएको आधारमा बेरोजगारी भत्ता, जीवनयापन भत्ता तथा बृद्ध भत्ता उपलब्ध गराउन,
(च) तोकिएको अवस्थाका अपाङ्गता भएका व्यक्तिका सहयोगीको लागि भत्ता उपलब्ध गराउन,
(छ) अपाङ्गता भएका व्यक्तिको विकासका लागि सर्वमान्य ढाँचाको विकास तथा प्रयोगमा सहयोग गर्न,
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “सर्वमान्य ढाँचा (युनिभर्सल डिजायन)” भन्नाले सबैले अधिकतम हदसम्म प्रयोग गर्न सक्ने उत्पादन,
भौतिक संरचना, कार्यक्रम र सेवाको ढाँचा सम्झनु पर्छ र सो शब्दले अपाङ्गता भएका व्यक्तिका निश्चित वर्गका लागि प्रयोग गरिने सहायक
उपकरणलाई समेत जनाउँछ ।
(ज) तोकिए बमोजिमका अन्य सेवा सुविधा उपलब्ध गराउन ।
(२) उपदफा (१) बमोजिमको कार्यक्रम कार्यान्वयन गर्दा अपाङ्गताको विविधता, लिङ्ग, उमेर, आर्थिक तथा सामाजिक अवस्था जस्ता विषयलाई आधार बनाइनेछ ।